देशमा न्याय मरेको छैन, अदालतप्रति सम्मान छ : रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले देशमा न्याय नमरेको बताएका छन् ।
काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन मुद्दामा जिल्ला अदालत काठमाडौंबाट रिहा भएपछि लामिछानेले देशमा न्याय नमरेको भन्दै अदातलप्रति सम्मान व्यक्त गरे ।
रिहा भएलगत्तै लामिछानेले भने, “सबै जनालाई धेरै धेरै धन्यवाद । न्याय प्रक्रियालाई सघाउन आएको भनेको थिएँ । अदालतप्रति एकदमै सम्मान व्यक्त गर्न चाहन्छु । न्यायप्रेमी जनतालाई धन्यवाद दिन चाहन्छु । न्यायलयलाई विशेष धन्यवाद दिन चाहन्छु । यो देशमा न्याय मरेको छैन ।”
आइतबार जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका लामिछानेको थुनछेक बहस आज सकिएको थियो । न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासले उनलाई ६० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । न्यायाधीश अधिकारीको आदेशपछि धरौटीबापत बैंक ग्यारेन्टी बुझाएर सभापति लामिछानेले रिहा भएका हुन् ।
सहकारीको रकम अपलचन गरेको आरोपमा २ कात्तिकमा प्रहरीले पक्राउ गरेका लामिछानेलाई जिल्ला अदालत कास्कीले गत बिहीबार ६५ लाख रुपैयाँ धरौटीमा छोडेको थियो ।
प्रतिक्रिया