समाजवादी मोर्चाले माघ १६ गते काठमाडौंमा आमसभा गर्ने

काठमाडौं । समाजवादी मोर्चाले यही माघ १६ गते काठमाडौंमा आमसभा गर्ने   गर्ने निर्णय गरेको छ । 

बुधबार नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा  बसेको मोर्चाको बैठकले उक्त निर्णय गरेको नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले जानकारी दिए ।

मोर्चाले उपयुक्त स्थान हेरेर सभा गर्ने जनाएको छ । यसैगरी बैठकमा मोर्चाका गतिविधिका बारेमा पनि समीक्षा गरिएको छ । 

प्रतिक्रिया