काठमाडौ । संघीय संसद् प्रनिधिसभाको बैठक आज पनि जारी छ । आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथि छलफल भैरहेको हो । नीति तथा कार्यक्रममाथि छलफल आईतबारवाट सुरु भएको हो । नीति तथा कार्यक्रममाथि सांसद्हरूले आ–आफ्नो धारणा राखिरहेका छन् । प्रतिपक्षि दलसँगै सत्तारुढ सांसदहरूले नीति तथा कार्यक्रमको आलोचना गरिरहेका छन् । नीति तथा कार्यक्रममा छलफलका लागि पाँच दिनको समय निर्धारण गरिएको छ । छलफल सकिएपछि प्रधानमन्त्री दाहालले त्यसमा जवाफ दिने तालिका छ । प्रधानमन्त्रीले जवाफ दिएपछि नीति तथा कार्यक्रमकै आधारमा सरकारले जेठ १५ गते बजेट ल्याउनेछ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । यसैविच संघीय संसदको संयुक्त बैठक आज बस्ने भएको छ । संयुक्त बैठक अपराह्न चार बजे बोलाइएको छ । संयुक्त समिति कार्य सञ्चालन नियमावली मस्यौदा समितिको प्रतिवेदन पेस गर्न बैठक बोलाइएको हो ।
प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रम माथिको छलफल आजपनि जारी
