रुसले युक्रेनबाट आफ्नो देशमा छिरेको सशस्त्र समुहलाई परास्त गरेको दाबी गरेको छ । युक्रेनबाट प्रवेश गरेको भनिएका सशस्त्र बिद्रोहीहरुलाई बेलगोरोडमा कारबाही गरिएको दाबी रुसले गरेको हो । त्यस क्रममा कम्तिमा ७० जना सशस्त्र बिद्रोही मारिएको रुसी सेनाले जनाएको छ । सेनाले बेलगोरोद क्षेत्रका गाउँहरू खाली गराएर सशस्त्र समूहविरुद्ध प्रतिआतंकवादी कारबाही गरेको जनाएको छ । युक्रेनले भने सशस्त्र बिद्रोहीहरु युक्रेनबाट प्रवेश नगरेको दाबी गरेको छ । अमेरिकाले रुसी सीमाभित्र प्रवेश गरेका सशस्त्र समूहसँग सम्बन्ध नरहेको स्पष्टीकरण दिएको छ । आक्रमणमा अमेरिकी हतियार प्रयोग गरिएको भन्ने विषयमा जाँचबुझ भईरहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
युक्रेनवाट बेलगोरोडमा छिरेका बिद्रोहीलाई परास्त गरेको रुसी सेनाको दाबी

Post navigation
Posted in: