काठमाडौ । लगानी बोर्डले ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गर्ने निर्णय गरेको छ । आज लगानी बोर्डको कार्यालयमा बसेको बैठकले ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बोर्डको बैठकले तल्लो अरुण, माथिल्लो मस्र्याङ्दी, दुधकोशी २ लगायतका जलविद्युत आयोजनाको काम तत्काल अघि बढाउने निर्णय गरेको छ ।
बैठकमा सिमेन्टमा लगानी भएका आयोजना पनि उत्पादन गर्ने तहमा पुगेको बारेमा पनि छलफल भएको छ । रसायनिक मलको विषयमा विस्तृत अध्ययन गर्न दुई वैदेशिक लगानीकर्ताहरुलाई अनुमति दिने प्रक्रिया अघि बढाउने निर्णयपनि बैठकले गरेको छ । लगानी बोर्डको क्षमतालाई वृद्धि गर्ने र प्राविधिक क्षमता लगायत सबै क्षमता वृद्धि गरी भविष्यमा थप लगानीको परिवेश देशमा निर्माण गर्ने कुरामा बैठकमा विशेष छलफल भएको छ । स्वदेशी र विदेशी लगानीकर्ताले कुनै समस्या बिना चाँडो भन्दा चाँडो नेपालमा लगानी गर्न सकुन् र लगानीमार्फत आर्थिक समृद्धि हुन सकोस् भनेर लगानी सम्मेलन गर्ने बारेमा पनि बैठकमा छलफल भएको छ । बैठकमा प्रधानमन्त्री दाहालले वैदेशिक पुँजी तथा प्रविधि भित्राएर स्वदेशमै रोजगारी सिर्जना गर्ने, उत्पादन र उत्पादकत्व बढाउने तथा आयात प्रतिस्थापन गरी निर्यात प्रवद्र्धन गर्नेतर्फ लगानीलाई केन्द्रित गर्न आवश्यकता औल्याएका छन ।
लगानी बोर्डले पूर्वाधार परियोजनामा लगानी केन्द्रित गर्ने
