ADVERTISING

Breaking News

उपराष्ट्रपतिको साझा उम्मेदवार तय गर्न छलफलमा जुट्दै सत्ता गठबन्धन

काठमाडौं : दश दलीय सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठक उपराष्ट्रपतिको निर्वाचनका विषयमा छलफल भए पनि आधिकारिक उम्मेदवार तोक्ने विषयमा सहमति जुटेको थिएन ।

आज पुनः छलफल गरेर गठबन्धनको तर्फवाट एकजना मात्रै उम्मेदवार बनाउन प्रयास हुने भएको हो ।

गठबन्धनबाट उपराष्ट्रपतिको उम्मेदवार जसपाका रामसहाय यादव र जनमत पार्टीकी ममता झा रहेका छन् ।

दुई उम्मेदवारमध्ये एकलाई गठबन्धनको साझा उम्मेदवार बनाउनका लागि दलहरू समझदारी खोजी रहेका छन् ।

leave a reply