काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । पार्टी कार्यालय पेरिसडाँडामा बैठक दिउँसो बस्ने माओवादीले जनाएको छ ।
बिहीबार विषयमा प्रवेश नै नगरी बैठक स्थगित भएको थियो । बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिनेदेखि सरकारबाटै बाहिरिनेसम्मको परिस्थिति बनेको जानकारी गराएपछि बैठक आजका लागि सारिएको हो ।
बैठकमा समसामायिक राजनीति, राष्ट्रपति निर्वाचन, गृहमन्त्री चयनदेखि पार्टीका स्थायी र पोलिटब्युरो सदस्यको केन्द्रीय विभागको कार्यविभाजन बैठकका मुख्य एजेण्डा छन् ।
२०७८ पुसमा महाधिवेशन भएपनि केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट, स्थायी कमिटीलाई पूर्णता दिने, पोलिटब्युरो गठन, विभागलगायत बाँकी माओवादीले टुंग्याउन सकेको छैन ।