ADVERTISING

Breaking News

प्रधानमन्त्रीलाई रविले भने- गृह दिनुस्, सबै विषय मिलाउँदै जान सकिन्छ

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेबीच आज एक घण्टा कुराकानी भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा विहान भएको भेटमा लामिछानेलाई आफूलाई गृहमन्त्री बनाउन दबाब दिएको बताइएको छ ।

लामिछाने एक्लै बालुवाटार पुगेर करिब एक घण्टा प्रधानमन्त्री दाहालसँग छलफल गरेका हुन् ।

आफूलाई पुरानै जिम्मेवारी दिए सबै विषय मिलाउँदै जान सकिने भन्दै उनले प्रधानमन्त्रीलाई गैर सांसदकै रुपमा आफूलाई गृहमन्त्री बनाउन आग्रह गरेको बताइएको छ ।

प्रधानमन्त्री दाहालले भने नागरिकता प्रकरणमा सर्वोच्चको फैसलाको पुर्णपाठ र राहदानी लगायतको विषय नटुंगी जिम्मेवारी दिँदा समस्या आउने भन्दै केही समय कुर्न आग्रह गरेका छन् ।

गृहमन्त्री रास्वपाबाट अरू व्यक्तिलाई पनि बनाउन नमिल्ने भन्दै खाली भएका मन्त्रालयमा नयाँ नाम सिफारिस गर्न लामिछानेलाई सुझाव दिएको बुझिएको छ ।

यसअघि बुधबार पनि एमाले अध्यक्ष केपी ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री दाहाललाई भेटेर गृह मन्त्रालय रास्वपालाई नै दिन दबाब दिएका थिए ।

माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले गृह मन्त्रालय आफैँले राख्ने तयारी गरेपछि सत्तारुढ गठबन्धनभित्र असन्तुष्टि बढेको छ ।

leave a reply