ADVERTISING

Breaking News

महोत्तरीमा माओवादी र एमालेका कार्यकर्ताबीच झडप

महोत्तरी : महोत्तरीमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ । आक्रमणमा परी घाइते हुनेमा अनिल मण्डल, रामदरेस मण्डल, रामदुलारी मण्डल, राधिका मण्डल, रायवीर मण्डल रहेका छन् ।

उनीहरूमध्ये एकजनाको भारतको सीतामाढी र अन्य चारजनाको रामगोपालपुरको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

महोत्तरीको रामगोपालपुर नगरपालिकाबाट मदिरा सेवन गरेर सम्सी पुगेका एमालेका कार्यकर्ताले आक्रमण गरेको स्थानीयले बताएका छन् ।

एमाले कार्यकर्ताको कुटाइबाट पाँचजना घाइते भएको बताइएको छ । मदिरा सेवन गरेका युवाहरूले भोट दिनुपर्ने धम्की गर्दै आक्रमण गरेको स्थानीयको आरोप छ ।

करिब ४० जना युवा सम्सीको लक्ष्मीनिया प्रवेश गरेर कुटपिट गरेको स्थानीयको भनाइ छ ।

एमाले जिल्ला इन्चार्ज सरोज यादवले घटनाको विषयमा आफूलाई जानकारी नभएको जानकारी दिए ।

माओवादीले भने घटनाको निन्दा गदै भत्सर्ना गर्दै दोषीलाई कारबाहीको माग गरेको छ ।

leave a reply