ADVERTISING

Breaking News

युक्रेनी राष्ट्रपति जेलेन्स्की रुसी कब्जामुक्त इजियम शहरमा

डोनबास पनि नियन्त्रणमा लिने युक्रेनी सेनाको योजना

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की रुसी सेनाबाट कब्जामुक्त गरिएको इजियम शहर पुगेका छन । फिर्ता गरेको सहरमा पुगेर जेलेन्स्कीले आफ्नो सेनालाई धन्यवाद दिएका हुन । उनी युक्रेनी झण्डा फहराउने कार्यक्रममा पनि सहभागी भएका छन । युक्रेनको सेना खार्किभ, इजियमलगायत शहर पुनः नियन्त्रण गर्न सफल भएको छ । युक्रेनी सेना पछिल्लो समय डोन्बास नियन्त्रणमा लिने योजनामा अघि बढिरहेको छ । हालसम्म युक्रेनी सेनाले रुसी नियन्त्रणमा गएको आठ हजार वर्ग किलोमिटर भू–भाग फिर्ता गरिसकेको छ । तर यसको स्वतन्त्र पुष्टि भएको छैन् ।

leave a reply