ADVERTISING

Breaking News

न्यायाधीश कोइरालाले घुस मागेको अडियो सार्वजनिक, कारबाही अघि बढाउने न्यायपरिषद्को तयारी

काठमाडौ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज दिउसो न्यायपरिषद्को बैठक बोलाएका छन । काठमाडौं जिल्लाका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यावसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन भएको घुस लेनदेनबारेको अडियो सार्वजनिक भएपछि सो विषयमा छलफल गर्न दिउसो बैठक बोलाइएको हो । सार्वजनिक भएको अडियोमा तामाङलाई दश करोडमा छुटाउँदा दुई करोड आफूहरुलाई आउने भन्दै पोखरेलले कोइरालालाई भनेका छन् । अडियोमा कोइराला आफू तयार रहेको तर माथिल्लो निकायबाट पनि जानकारी आउनुपर्ने कुरा उल्लेख गरेका छन् । अधिवक्ता पोखरेलले प्रधानन्यायाधीशदेखि काठमाडौं जिल्ला अदालतका प्रमुखसम्मलाई आफूले मिलाउने कुरा समेत अडियोमा गरेका छन । न्यायाधीश र वकिलबीचका संवाद गम्भीर भएको भन्दै कामु प्रधानन्यायाधीश कार्कीले बैठक बोलाएका हुन । बैठकमा अडियोमा नाम मुछिएका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र काठमाडौं जिल्ला अदालतका न्यायाधीशहरु राजुकुमार खतिवडा र अम्बिकाप्रसाद निरौलाको भूमिकामाथि पनि छलफल हुने बताइएको छ । वार्तामा अधिवक्ता पोखरेलले आफूले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामार्फत् जिल्ला अदालतका मुख्य न्यायाधीश राजुकुमार खतिवडालाई भन्न लगाउने आश्वासन दिएका छन । अडियो सार्वजनिक भएपछि काठमाडौं जिल्ला अदालतले न्यायाधीश कोइरालालाई आज इजलास तोकेको छैन ।

leave a reply