ADVERTISING

Breaking News

काठमाडौं महानगरमा बालेनले बढाए अग्रता, भरतपुरमा रेनु र पोखरामा धनराजको अग्रता कायमै

काठमाडौ । देशका छ महानगरमध्ये विराटनगर बाहेक सबैको मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साह ३९ हजार ६ मतसहित शीर्ष स्थानमा छन् । कांग्रेसकी सिर्जना सिंह २२ हजार ७२ मतसहित दोश्रो र एमालेका केशव स्थापित २१ हजार ५ सय ७१ मतसहित तेस्रो स्थानमा छन । भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहाल ३५ हजार २ सय ३० मत सहित अगाडि छिन । उनलाई एमालेका विजय सुवेदीले २७ हजार ७ सय ६५ मतका साथ पछयाइरहेका छन् । तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार ८ सय ९७ मत रहेको छ । त्यस्तै, पोखरामा एकीकृत समाजवादीका धनराज आचार्य ३९ हजार ३ सय ९० मतसहित पहिलो स्थानमा रहँदा उनलाई एमालेका कृष्णबहादुर थापाले ३६ हजार २ सय २ मत पाएका छन । ललितपुर महानगरपालिकामा कांग्रेसका चिरीबाबु महर्जनले ३० हजार ८ सय ६० मत पाएका छन् । उनलाई एमालेका हरिकृष्ण व्यञ्जनकारले १८ हजार २ सय १ मतले पछ्याएका छन । वीरगन्ज महानगरपालिकामा जनता समाजवादी राजेशमान सिंह ३२ हजार १ सय ५८ मतसहित अगाडि छन् उनलाई एमाले उम्मेदवार विजय सरावगी १६ हजार १ सय २२ मतले पछयाइरहेका छन ।।

leave a reply