काठमाडौ । महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर ८ मा उम्मेदवार विजयी घोषणा भएको ४ दिनपछि मतपेटिका फेला परेको छ । उक्त मतपेटिकाको मत गणना गर्दा दुई प्रतिस्पर्धीबीच बराबर मत आएको छ। बर्दिवास ८ मतगणना जेठ १ गते नै सम्पन्न भएको थियो ।
सो मतगणनामा नेकपा माओवादी केन्द्रका उम्मेदवार शम्शेरसिं लामा ७ सय ५१ मत प्राप्त गरि वडाध्यक्षमा विजयी भएको घोषणा निर्वाचन कार्यालयले गरेको थियो। लामाका निकटतम प्रतिद्वन्द्वी एमालेका रुद्र किङरिङले ७ सय ४४ मत प्राप्त गरेका थिए ।
लामा त्यसपछि आफ्नो आफ्नो वडा रहेको क्षेत्र हात्तिलेटमा विजयी जुलुस लगाउनेसहितको कार्यक्रम आयोजना गरेका थिए । तर छुटेको अर्को मतपेटिकाको जेठ ४ गते खोजी भयो । सो मतपेटिकामा ८४ वटा मत गन्दा लामा र किङरिङको मत बराबरी हुन पुगको छ ।
नयाँ मतपेटिकामा रहेको ८४ मत गन्दा माओवादीका लामालाई एमालेका मगरले उछिने। मगरले २३ मत पाउँदा लामाले जम्मा १६ मत पाए। योसँगै अन्तिम परिणाममा लामा र मगरको समान ७४४ मत रहेको छ।
अन्तमा मत बराबरी भएपछि गोलाप्रथा गर्दा वडाध्यक्षमा लामाले नै बाजी मारे। तर लामाले आफू पाँच दिनअघि विजयी हुँदाको जस्तो उत्साह आज नभएको प्रतिक्रिया उनले दिए।