ADVERTISING

Breaking News

चुनावी प्रचारमा गठबन्धन र एमालेका कार्यकर्ताबीच झडप, दुई घाइते

काठमाडौँ । प्युठानमा सत्तारूढ गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ। भोट माग्न घरदैलो हिँड्ने क्रममा विवाद हुँदा नौबहिनी गाउँपालिका वडा नं-८ फोप्लीमा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप भएको हो । भडपमा परि एमालेकाकार्यकर्ता विष्णु गुरुङ र पुठबहादु पुन घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूको हाल बिजुवारस्थित प्युठान अस्पतालमा उपचार भइरहेको छ। नौबहिनी गाउँपालिकाको अध्यक्षमा गठबन्धनाको तर्फबाट नेपाली कांग्रेसका शिवराज रिजाल र नेकपा एमालेको तर्फबाट डिलबहादुर थापा उम्मेदवार छन्।

leave a reply