ADVERTISING

Breaking News

२२० जना कोरोना संक्रमित थपिए, थप १ जनाको मृत्यु

नेपालमा सोमबार २ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ७ सय २५ पिसिआर परिक्षणका क्रममा २ सय १८ जना र १ हजार ४ सय १६ एन्टीजेन परिक्षणका क्रममा २ जनाम कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ भने २ सय ६३ जना कोरोनामुक्त भएका छन् । हाल देशभर ५ हजार २ सय २५ सक्रिय संक्रमित रहेका छन् ।

leave a reply