ADVERTISING

Breaking News

एमाले नेता पण्डितद्धारा पार्टीको केन्द्रीय सदस्य पद अस्वीकार

काठमाडौ । नेकपा एमालेका नेता लालबाबु पण्डितले पार्टीको केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन् । अध्यक्ष केपी ओलीले हिजो प्रस्ताव गरेका ३ सय १ केन्द्रीय सदस्यको सूचीमा उनको नाम थियो । पण्डित एमालेको उपाध्यक्ष पदका आकांक्षी थिए । तर, सो पदमा ओलीले नसमेटेपछि उनी असन्तुष्ट बनेका हुन् । पण्डितले सामाजिक सञ्जालमा पनि आफू पार्टीको कार्यकारी पदमा नरहेको घोषणा गरेका छन् । उनले आजैदेखि सम्पूर्ण कार्यकारी पदबाट बिदा लिएको बताउँदै दसौं महाधिवेशनबाट विजयीहरूलाई शुभकामना समेत दिएका छन् ।

leave a reply