युरोपेली संघ ‘इयु’ले न्युन आय भएका गरिव मुलुकहरुलाई कोरोना भाइरसविरुद्धको २० करोड खोप सहयोग स्वरुप प्रदान गर्ने भएको छ । युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले २० करोड थप खोप गरिव देशहरुलाई प्रदान गर्ने प्रतिवद्धता गरिएको जानकारी दिएकी हुन । युरोपेली संसदको बार्षिक बैठकले गरिव राष्ट्रहरूलाई थप २० करोड खोप उपलब्ध गराउने निर्णय गरेको हो । ईयुले गरिव मुलुकलाई उपलब्ध गराउने भनिएको खोप अर्को बर्ष सन् २०२२ को मध्य सम्ममा उपलब्ध हुनसक्ने बताइएको छ । इयुले संघको यो योजनालाई सहयोग गर्न र त्यसका लागि सहयोगको घोषणा गर्न पनि सवैलाई आह्वान गरेको छ । गरिब देशहरूलाई यसरी गरिने सहयोग विश्व स्वास्थ्यकै लागि योगदान र लगानीको रुपमा लिनु पर्नेमा समेत युरोपेली आयोगका अध्यक्ष डेरले उल्लेख गरेका छन । विश्वका कतिपय देशहरूले अहिलेसम्म पनि कोभिडविरुद्धको खोप पर्याप्त रुपमा पाउन नसक्नु चिन्ताको विषय भएकाले धनी र शक्तिशाली राष्ट्रहरूले योगदान गर्नुपर्ने इयुको भनाइ छ ।
अमेरिका, बेलायत र अष्ट्रेलियाविच रक्षा प्रविधिहरू आदानप्रदान सम्झौता
चीनद्वारा सम्झौताको आलोचना

Post navigation
Posted in: