ADVERTISING

Breaking News

अवरोधका बीच लोक सेवा आयोग विधेयक–२०७८ पारित

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुको अवरोधका बीच राष्ट्रिय सभाको दोस्रो बैठकले लोक सेवा आयोग विधेयक–२०७८ पारित गरेको छ । राष्ट्रियसभाको दोस्रो बैठक पनि एमालेका सांसदहरुले अवरुद्ध पारेका थिए । तर अवरोधका बीच राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त लोक सेवा आयोग विधेयक–२०७८ निर्णयार्थ पेश गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई समय दिए । यस अघि एमाले सांसद कोमल वलीले सभामुख अग्नीप्रसाद सापकोटाको राजीनामा माग्दै बैठक सूचारु हुन नदिने अडान राखेकी थिईन ।
अवरोधकै बीच बैठकले राष्ट्रियसभाका पूर्व सांसद रुक्म शमशेर राणाको निधनप्रति शोक प्रस्ताव पारित गरेको थियो । राष्ट्रियसभाको अर्को बैठक आगामी भदौं ३० गते बिहान ११ बजेका लागि बोलाइएको छ ।

leave a reply