ADVERTISING

Breaking News

संवैधानिक इजलासमा सांसद विडारीले भने, ‘संसदको सामना गर्न नसक्ने प्रधानमन्त्री हुतिहारा’

प्रधानमन्त्रीको हुकुम मान्ने कि संविधान

काठमाडौं । राष्ट्रियसभाका सदस्यसमेत रहेका वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले प्रधानमन्त्रीलाई ताजा जनादेश किन चाहियो भन्ने प्रश्न गरेका छन् । संविधानमा प्रतिनिधिसभाको आयु ५ वर्ष भनिएको उल्लेख गर्दै प्रतिनिसभा विघटनमा परेको रिटउपर सर्वोच्चमा जारी सुनुवाइका क्रममा शुक्रबार उनले प्रश्न गरे । ‘किन चाहियो जनादेश रु ५ वर्ष संविधानमा लेखेकै छ, प्रधानमन्त्रीको हुकुमे शासन हेर्ने कि संविधान हेर्ने इजलासले  ?’
‘आफ्नो देशको सर्वोच्च संविधान नमान्ने अनि अन्तराष्ट्रिय अभ्यासको कुरा गर्ने रु प्रश्न राख्दै बिडारीले संविधानका सबै धारा समान रहेको र कुनै पनि धारा देखाउनका लागिमात्र नराखिएको जिकिर गरे । उनले भने, ‘सबै धाराका विशेषशता आ–आफ्नै छन् ।’

उनले थप प्रश्न गरे, ‘संसदमा सपथ खाएको मान्छेले संविधान नमान्ने ?’

केपी ओलीलाई अध्यक्ष, संसदीय दलको नेता र प्रधानमन्त्री पार्टीले बनाएको जिकिर गर्दै उनले ती प्रक्रियाहरु संविधान अनुसार नै गरिएकाले अहिले प्रधानमन्त्रीले ‘संविधान मान्दिनँ’ भन्न नमिल्ने उनको तर्क थियो ।

ओलीप्रति लक्षित गर्दै बिडारीले राज्यविरुद्धको अपराध गर्नेका विरुद्ध केही न केही बोल्न ‘इजलासलाइ आग्रह गरे। प्रधानमन्त्रीले अर्को सरकारको विकल्प छैन भनेकामा पनि विडारीले आपत्ति जनाए । ‘संसदनै विघटन गरिदिने अनि खै विकल्प भन्ने रु रुख काटिदिने अनि खै फूल फुल्या भन्ने ?

इजलासमै संसदको सामना गर्न नसक्ने प्रधानमन्त्री हुतिहारा भन्दै विडारीले भने, ‘पार्टी चलाउन पनि असफल, सरकार चलाउन पनि असफल, संसद बोलाएर देखाउन सक्नुपर्‍यो नि । यति हिम्मत नभएको हुतिहारा प्रधानमन्त्री ।’

उनलाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले यस्ता शब्द प्रयोग नगर्नु भन्दै सचेत गराएका थिए । विडारीले प्रधानमन्त्री असफल भएकाले आफूले उक्त शब्द प्रयोग गरेको प्रतिक्रिया दिए ।

leave a reply