काठमाडौ । सरकारले पिसिआर परीक्षणको शुल्क घटाएर ४ हजार ४ सय रुपैयाँ तोकेको छ । अब अधिकतम् ४ हजार ४ सय रुपैयाँभन्दा बढी लिन नपाइने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले बताए । यसअघि पिसिआर परीक्षणको लागि मन्त्रालयले ५ हजार ५ सय रुपैयाँ शुल्क तोकेको थियो। अधिकारीले विश्व बजारमै परीक्षणका लागि चाहिने कीटहरूको उपलब्धता सहज र सस्तो भएकाले नेपालमा पनि शुल्क घटाइएको जनाए।
सरकारले निजी अस्पताल र प्रयोगशालाहरूलाई पनि सस्शुल्क परीक्षणको अनुमति दिएको छ। अब ती अस्पताल र प्रयोगशालाहरूले पनि सरकारले तोकेको नयाँ शुल्क अनुसार नै परीक्षण गर्नुपर्ने मन्त्रालयले जनाएको छ।
साथै यसअघि प्रयोगशाला नभएका अस्पतालहरूले सरकारले तोकेको शुल्कको १० प्रतिशत थप शुल्क लिएर स्वाब संकलन गर्न पाइने भनिए पनि अब भने त्यो गर्न नपाइने डा. अधिकारीले बताए।
मन्त्रालयका अनुसार अब १० प्रतिशत शुल्क पनि त्यसभित्रै पर्छ त्यसैले कुनै पनि अस्पताल वा प्रयोगशालाले ४ हजार ४ सय भन्दा बढी शुल्क लिन पाउँदैनन् ।