ADVERTISING

Breaking News

पलाञ्चोक भगवतीको कलात्मक मूर्तीसहित उग्रचण्डीलगायतका मूर्तीहरु डाँडा गाउँका पहरीले बनाए

  • बिश्व उलक

लिच्छबी बंसका बिसौं राजा मानदेबको अनुरोधमा आफ्ना पति, राजा धर्मदेवको मृत्युसँग सती नगई बसेका रानी राज्यवतीले छोराको राजकाजमा सहयोग गरेर बसिन् । पितृ सत्तात्मक समाजमा महिलाले शासन गर्नु पर्दा उनले आफु पुरु बंसीय (राजा भरतका खलक), लक्ष्मीको अंस भएको र आफु भगवतीको अंश भएको जानकारी दिन आफुलाई ”नव सागर भगवती” को नाममा परिचय दिदैं राज्यमा राम्रो शासन कायम गरेकी थिइन् । रानी राज्यवतीका ईष्ट देवता भगवती भएको हुँदा जनतामा भगवतीको आस्था जगाउन उनले आफ्नो राज्यका कलाकारहरुलाई भगवतीको राम्रो मूर्ती बनाउन आदेश दिइन् ।

पलाञ्चोक भगवती

पलाञ्चोकका एक पहरी कलाकारले अठार भूजा सहितको तिन फिटे आकर्षीत मूर्ती बनाए । भगवतीको मूर्ती, कुनै शिक्षा र शिपबारे अध्ययन र अध्यापनको अवसर नपाएका, गरिवी र पछ्यौटेपनमा रुमल्लिएका पहरी समाजको बिद्यमान कलाकारीताबाट उक्त मूर्ती बनाउने कलाकार पहरी समुदायका हुन भत्रे बारे दुई मत हुन सक्दैन । पलाञ्चोक र वरपरका बस्तिहरुको घर, मन्दिर आदि कला कौशलका कामहरु अझै पनि पहरी समुदायहरुले गर्दै आएका छन् । कलाकारले कला कृती कोर्नु भन्दा अगाडी बस्तु हेर्नु वा अध्ययन गरिन्छ । यस अध्ययनमा अदभूत पहरी कलाकारले आफ्नै समुदायका राम्री युवतीको परिकल्पना गरेको आकलन गर्दछ । थप प्रमाणको लागी डाँडा गाउँका राम्रा पहरी युवती र भगवतीको चेहरालाई पनि तुलना गर्न सकिन्छ । मूर्ती अदभूत आकर्षक बन्यो । ईस्वी सन ५०३ मा बनेको उक्त अदभूत आकर्षक मूर्ती जस्तै अर्को मूर्ती नबनोस् भनी रानीले कलाकारको दायाँ हातको दुई औला बुढी औला र चोरी औला काट्न लगाएका थिए । कलाकारलाई आफ्नो कलाकारीतामा हौसला बढ्यो र भगवतीको मूर्ती कुद्ने काम जारी राखे ।

हाल पलाञ्चोक भगवतीको मूर्ती बिराजमान गरिएको स्थान, स्थानीय भनाइमा आकाश यात्राको क्रममा यस पुण्य भूमीमा माईले पाईला टेक्नु भएको र उक्त स्थानको नाम पलाञ्चोक रहेको किंबदन्ती रहेको छ । भाषागत हेर्दा पनि यहाँका आदीबासी पहरी भाषा अनुसार पला – पाईला र चों – बस्नु वा राख्नु हो । यसरी नै यस स्थानको नाम पलाञ्चोक रहेको हुन सक्दछ । पहरीहरु भगवतीलाई पलाञ्चोक माई भनि सम्बोधन गर्दछन् । हालको पलाञ्चोक भगवतीको मूर्ती प्रतिस्थापन पहिले नै उक्त स्थान काब्राको फेदीमा पलाञ्चोक माईको शिलामा पुजा दर्शन गर्ने चलन रहेको थियो भनि पहरीहरु बताउँदछन् । उनिहरुको भनाईमा फुलचोकी, पलाञ्चोक र कालिञ्चोक माईहरु आकासमा उडी हिडने तिन दिदी बहिनीहरु थिए ।

उग्रचण्डी भगवती

किंबदन्ति अनुसार सत्य युगमा वर्त बसेका स्वर्गका अप्सराहरु आश्विन महिनाको अष्ठमीका दिन नालाको नान्यावती र पुण्यमतीको दोभानमा पुजाका लागी आएका थिए । सुन्दरीहरुका लालची स्वर्गका राजा ईन्द अप्सराहरुको रुप र सृंगारबाट आकर्षित भै बर्त सहित पुजामा बसेकाहरुलाई जिस्क्याउन आइपुगे । स्वर्गका पार्वतीले यो कुरा थाहापाई उग्रचण्डी भगवतीको रुप लिएर सवार भई ईन्द्र लाई धपाई पठाए । नाला तथा नाला वरपर बस्तीका बासिन्दाहरु हरेक बर्ष आश्विन महिनाको अष्ठमीका दिन भगवती दर्शनको लगी पुण्यमती किनारमा पुजा सहित उपस्थित हुन्थे । यो कुरा थाहा पाएपछी दुई औला गुमाएका पलाञ्चोकका मूर्ती बनाउने कलाकारलाई नालामा उग्रचण्डी भगवतीको मूर्ती बनाउने ईच्छ्या जाग्यो । उनले पलाञ्चोकमा जस्तै ढुंगामा अठार हातसहितको उग्रचण्डीको मूर्ती बनाए । रानीले फेरी यो स्तरको मूर्ती नबनोस भनि कलाकारको दायाँ हात पुरै काटीदिए ।

शौभाज्ञ भगवती

स्वयंभूको काख, भचाखुसी (निर्मल तिर्थ) र बिष्णुमती नदीको किनारमा तत्कालिन समयमा पाञ्चाल देश (पनौती) बाट आएका बज्रनाद गुभाजु (बज्राचार्य) ले ध्यान शक्तिले बालुवाबाट बुद्ध चैत्य खडागरि स्वाहा बहाल बनाएका थिए । परापूर्व काल, बिष्णुमतीमा झिसमिसे बिहान स्नान गरि बुद्ध चैत्य दर्शण गर्न गएका भक्तजनहरुले स्वाहा बाहाल भित्र आठ बाहु भएका वाण, मुसल, शुल, चक्र, शंख, घण्ट, हल र डमरु बोकेका अति सुन्दर महिला देखे । उनिहरुले माहामायाको दर्शन पाएकोमा धेरै खुसी हुदै फर्केर आ–आफ्नो घर फर्कि टोल छिमेकमा भने । टोलका धेरै जना जम्मा भएर तुरन्तै पुजाहरु लिएर भगवती देखीएको स्थनमा एउटा ढुंगा स्थापना गरि सौभाज्ञ प्राप्त भएको खुसीयाली मनाउँदै पुजा गर्ने परंम्परा बसाले । यो प्रथा थाहा पाएका माहारानी नवसागरले उक्त कलाकारलाई बचेको बायाँ हातबाट सौभाज्ञ भगवतीको मूर्ती बनाउन आदेश दिए । कलाकारले पनी बायाँ हात र खुट्टाको सहयोगमा सौभाज्ञ भगवतीको मूर्ती बनाए । उक्त मूर्ती बनाए पछि उनको बायाँ हात पनि काटीयो । उक्त मूर्तीलाइ सौभाज्ञ भगवती पुजा गर्ने स्थानमा प्रतिस्थापन गरियो । किंबदन्ति अनुसार शंकराचार्यको टोलीले स्वाहा बाहालको चैत्यलाई भत्काउन लाग्दा भगवती प्रकट भई बिध्वंसकारीहरु लाई धपाएका थिए । सौभाज्ञ भगवतीको नाम अप्रभं्रस भएर शोभा भगवती भनि पुकारिन थालियो । काठमाण्डौ बासीहरु दैनिकी पुजा बाहेक दशमीको नवरात्री मेलामा एक शक्ती पिठको रुपमा पुजिने गरि आएको छ ।

नवसागर भगवती

कलाकारको अदम्य साहस देखेर माहारानी नवसागरले कलाकारलाई बाँकी दुई खुट्टाबाट आफ्नै नाममाको ”नव सागर भगवती” मूती बालुवाटार दरवारमा बनाउन आदेश दिए । माहारानीको आदेशानुसार नवसागर भगवतीको मूर्ती बनाए । माहारानीले इच्छ्याए अनुसार मूर्ती सुन्दर नभएको हुँदा भण्डार कोठामा भण्डारण गरिदिए । माहारानीको आदेशानुसार कलाकारको दुबै खुट्टा पनि काटीए र उनले जिवनबाट मूक्ती पाए । ठकुरीकालमा भण्डारमा रहेको भगवतीको शक्तीबाट ठकुरी प्रशासकहरुलाई दरवारमा बस्न गा¥हो भएपछी दरवारबाट केही पर खाल्टो खनी पुरि दिए । केहि समय पश्चात उक्त भगवती पुरिएको स्थान वर पर सम्मन जान दरलाग्दो भयो । पछि शंकरदेव (नुवाकोटका ठकुरी राजा) को पालामा खाडल भित्र पुरिएको भगवतीलाई निकाली नवसागर भगवती नाम सहित स्थापना गरे । नवसागर भगवतीको नाम अप्रभं्रस भएर नक्साल भगवती भनि पुकारिन थालियो र उक्त क्षेत्रको नाम नै नक्साल रहन गयो । नक्साल भगवती लाई काठमाण्डौ बासीहरु दैनिकी पुजा बाहेक दशमीको नवरात्री मेलामा एक शक्ती पिठको रुपमा पुजिने गरि आएको छ ।

किरात काल देखी नै पुरुष बर्गमा तान्त्रिक बिद्याको सुरुवात भएको किंबदन्ति भएपनि लिच्छबी कालमा यस्ले ब्यापकता पाएको र किंबदन्ती अनुसार यी अधिष्ठाट्री देवीहरुको स्थापना रानी राज्यवती “नवसागर” ले देशमा तत्कालिन महिला शसक्तीकरणको लागी स्थापना गरेको हुनु सक्दछ । यी चारै भगवतीहरु लाई बिद्या कि शक्ती, भक्तका पालनकर्ताको रुपमा पुज्ने गरिन्छ । बिद्या आर्जनका लागी महिला र पुरुष दुवै थरी यी चारै भगवतीहरुमा आराधना गर्दछन । तान्त्रिक बिद्या आर्जन तथा निपुणतामा पुरुष बर्ग खास गरि गुभाजु (बज्राचार्य) हरु पलाञ्चोक र शोभा भगवतीको आरधना गर्दथे भने बसिभूत÷सम्मोहन बिद्याका लागी महिलाहरु नाला भगवती र नक्साल भगवतीको आराधनाले मल्लकालमा ब्यापकता पाएको थियो । शाहकाल खासगरी प्रजातन्त्र पश्चात आधुनिकता संगै यी शक्ती पिठहरुलाई प्राथमिकता दिईएन । राजनैतिक निर्देशन वा प्रभाव जे जस्तै भएपनि यी चारवटै भगवती दुर्गालाई भक्तालुहरु असामान्य माताका रुपमा विषेश प्रेम पूर्बक श्रद्धा अर्पण गरिरहेकाछन् ।

रोसी उपत्यकाका तथा त्यहा बाट तिब्बत मार्ग तिर, काठमाण्डौ उपत्यका र दैलेख आदी स्थानमा छरिएर रहेका पहरीहरु नेपालका आदीबासीहरु मध्ये एक जात हो, जस्ले भूमी पुजन गर्दछन । उपत्यकामा भएका अरु जातहरु मध्य यिनीहरुमा कला र शिपहरु धेरै थियो । घर तथा मन्दिर निर्माण, प्राकृतिक श्रोतहरु, ढुंगा बाट मूर्तीहरु, काठ बाट घर निर्माणका सामानहरु, बाँस, निगालो बाट ढक्की, डोका, डालु, काईयो आदी, केतुके बाट धागो बनाई कपडा, माछा मार्ने जाल आदी साथमा सामाजिक जिवनका धेरै सामानहरु बनाउथे । यी कलाकारीताले भगवतीको मूर्ती पहरी नै हुन भनि एकिन गर्न सकिन्छ । तेह्रौ शताद्वीमा हरि सिंह देव संग आएका नेवार जातका बरदान परिवारको कला कौशलले पहरीहरुको कला, शिपलाई पछाडी पार्‍यो । नेवारहरुको आगमन पछाडी पहरीहरु दक्ष कलाकारिताको लागी उनिहरुको सहायक भएर काम गर्न थाले । अपबाद निर्माण कार्यमा सिमेन्ट, डण्डी तथा शैक्षिक जनशक्तिको आगमन तथा प्लाष्टिकका सामाग्रीहरुले सुबर्ण युगीन पहरी कारिगर कलाकारहरु पुख्यौली पेशाबाट च्युट हुदै गए । अन्य पेशागत जात जस्तै पहरीहरु पनि निर्माण पेशामा आश्रीत भएर भौतिक सम्पत्ती (जग्गा) मा ध्यान दिएनन् । निर्माण ब्याबसायमा आएको परिवर्तन संगै पहरीहरुले आफ्नो क्षमतामा बृद्धि गर्न नसक्दा देशको सभ्यतामा योगदान दिने समुह केही परिवारहरु बाहेक संकटमा परेका छन । जनताका अभिवाबक सरकारले यस्ता संकटमा परेका समुहहरुको उद्धार कार्यमा पहल कदमी उठाए देशमा रहेका श्रोतहरुको उचित सदुपयोग भै समृद्धिमा पाईला टेक्ने थियो ।

leave a reply