राष्ट्रपति पौडेललाई एयर एम्बुलेन्समार्फत उपचारका लागि दिल्ली लगियो

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल उपचारका लागि भारत प्रस्थान गरेका छन् । उनलाई श्री एयरको विमानमार्फत भारतको नयाँ दिल्ली पठाइएको हो । उनको नयाँ दिल्लीस्थित अल इन्डिया इस्टिच्यूट अफ मेडिकल साइन्सेस ‘एम्स’ मा उपचार हुनेछ । उनको छातीमा संक्रमण देखिएको छ । चिकित्सक र परिवारको परामर्शपछि एयर एम्बुलेन्समार्फत उनलाई भारत लगिएको हो । लामो समय औषधि सेवन गर्दा पनि छातीको संक्रमण कम नभएपछि उपचारमा संलग्न चिकित्सकको सुझावमा पौडेललाई दिल्ली पठाइएको हो । राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका थिए । यसअघि उनको सोमबारमात्रै फलोअप उपचार गरिएको थियो । चैत्र १८ गते पनि पेटमा समस्या देखिएपछि पौडेललाई शिक्षण अस्पतालमा भर्ना गरेर उपचार गरिएको थियो ।

 

 

 

 

 

 

 

प्रतिक्रिया