उदार आर्थिक नीतिप्रति प्रतिबद्ध भन्दै प्रधानमन्त्रीद्वारा लगानी आह्वान

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालले विदेशी लगानीकर्तालाई सबल नियामक ढाँचा, दोहोरो करबाट मुक्त रहने व्यवस्था, बौद्धिक सम्पती अधिकारको संरक्षण, प्रतिष्पर्धात्मक कर्पोरेट कर लगायतमा प्रोत्साहन प्रदान गरेको बताएका छन । आजवाट  काठमाडौंमा शुरु भएको दुई दिने लगानी सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपाल सरकारले हालै द्विपक्षीय लगानी सम्झौता बिआइएको ढाँचालाई स्वीकृत गरेको र यसले द्विपक्षीय लगानीको संरक्षण र प्रवद्र्धन गर्ने लक्ष्य राखेको बताएका हुन । प्रधानमन्त्री दाहालले नेपालले पर्यटन, कृषि, उत्पादन, सूचनाप्रविधि, गार्मेन्ट, कृषि प्रशोधन र पूर्वाधार एवं उच्च मूल्यका बाली उत्पादनलगायत विभिन्न क्षेत्रमा लगानीका अवसरहरू उपलब्ध गराएको पनि बताए । 
प्रधानमन्त्री दाहालले जलविद्युत उत्पादनको प्रचुर सम्भावनाले नवीकरणीय र स्वच्छ ऊर्जा आपूर्तिको प्रतिवद्धता जनाउने उल्लेख गरे । विद्युत सहकार्यलाई सहज तुल्याउन भारतसँग विद्युत व्यापार सम्झौता, चीनसँग समझदारी र बङ्गलादेशसँग विद्युत निर्यात समझदारीमा हस्ताक्षर गरेको उनको भनाइ छ । 

प्रतिक्रिया