पदबहाली पछि नवनियुक्त परराष्ट्रमन्त्रीकाे भनाई: ‘प्रधानमन्त्रीको भारत भ्रमणको तयारी पहिलो प्राथमिकता

काठमाडौ । सरकारले बैशाख तेस्रो साता हुने प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको तयारी अघि बढाएको छ । आज मन्त्रालयमा पदबहाली गर्दै नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री दाहालको भारत भ्रमणको तयारीको कामलाई आफुले प्राथमिकतामा राखेको बताएका हुन । मन्त्री साउदले सचिवलगायतको टिमहरुसँग जानकारी लिएर आफुले प्रधानमन्त्रीको भ्रमणको काम अघि बढाउने जानकारी दिएका हुन । छिमेकीसहितका देशहरुसँगको नेपालको सम्बन्ध सौहाद्रपूर्ण, शान्तिपूर्ण र सुमधुर सम्बन्ध रहि आएको उल्लेख गर्दै मन्त्री साउदले त्यसलाई अझै घनिष्ट बनाउँदै लैजानेपनि बताए ।
मन्त्री साउदले आफूले नेपाललाई विश्वभर नै शान्तिप्रीय र लोकतान्त्रिक देशको रुपमा चिनाउन पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

प्रतिक्रिया