६० जना जेष्ठ नागरिक शैलुङ भ्रमणमा

काठमाडौं । दोलाखाको शैलुङ देशकै आकर्षक पर्यटकीय गन्तव्यस्थल बन्न पुगेको छ । प्राकृतिक सुन्दरता, भौतिक पूर्वाधारको विकास, स्थानीय कला संस्कृति, रहनशहन, कला परम्परा र त्यस क्षेत्रका वासिन्दाको सकृयताले आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि भैरहेको छ । काठमाडौंसहित देशका विभिन्न स्थानबाट शैलुङ भ्रमण गर्नेहरूको संख्या बढ्दो छ । यसरी भ्रमण गर्नेमा वर्तमान तथा पूर्व प्रशासक, व्यवसायी, साहित्यकार, कलाकार,  पत्रकार, राजनीतिकर्मी एवम समाजसेवी रहेका छन् ।

 

पछिल्लो समय भारत, चीन लगायतका देशबाट समेत पर्यटन आइरहेको बताउँछन समाजसेवी शोभित उप्रेती । उप्रेतीकै पहलमा शुक्रबार काठमाडौं वडा नम्बर ३१ का ६० जना जेष्ठ नागरिक शैलुङतर्फ लागेका छन् । त्यहाँ उनीहरुले विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन गर्ने उप्रेतीले जानकारी दिए । शैलुङ भ्रमणमा जान पाउँदा जेष्ठ नागरिकहरुले प्रसन्नता व्यक्त गरेकाछन् । ६० जनाको टोली शनिबार साँझ काठमाडौं फर्कनेछ ।

प्रतिक्रिया