देशैभर आगलागी र डढेलोका घटनामा बृद्धि

काठमाडौं । पछिल्लो समय देशैभरि आगलागी र डढेलोका घटना बढेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार फागुनदेखि वैशाख १४ गतेको अवधिमा आगलागी र डढेलोका १ हजार ९ सय ८४ घटना भएका छन् । यी घटनामा परी ४३ जनाको ज्यान गएको छ । १ हजार ९ सय ८४ वटा घटना हुँदा ८७ करोड रुपैयाँ भन्दा बढीको क्षति भएको केन्द्रको तथ्यांक छ । पछिल्लो एकहप्तामा मात्रै देशभर १ सय ८८ ठाउँमा आगलागी  भएको छ । आगलागीबाट बिहीबार साँझसम्म ७ सय १९ घर जलेर पूर्ण रुपमा नष्ट भएका छन् भने ४ सय २२ वटा घर आंशिक क्षति पुगेको छ । आगलागीजन्य घटनाबाट २ हजार ४ सय १९ परिवार प्रत्यक्ष प्रभावित बनेका छन् । त्यस्तै  १ सय ४४ ठाउँमा डढेलो लागेको बताइएको छ । डढेलोमा परेर एकजनाले ज्यान गुमाउँदा १ सय ७८ परिवार पूर्ण प्रभावित बनेको प्राधिकरणको तथ्यांक छ वैशाखयतामात्रै आगलागीबाट ७ जना र डढेलोबाट एकजना गरी ८ जनाको मृत्यु भएको छ । पछिल्लो दुई महिनाको अवधिमा मात्रै ८७ करोड बराबरको धनमाल क्षति भएको प्राधिकरणले जनाएको छ ।  गत वर्षभरि ४ हजार बढी आगलागीका घटना हुँदा १ सय ८ जनाले ज्यान गुमाएका थिए भने ५ हजार बढी परिवार प्रभावित भएका थिए । त्यस्तै ४ सय बढी स्थानमा डढेलो लाग्दा ११ जनाले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया