महोत्तरी मटिहानी मुस्लिक बस्तीका अग्नि पीडितको बिचल्ली

महोत्तरीको मटिहानी–६ मा रहेको मुस्लिम बस्तीमा आगलागी हुँदा एक सय ५० घर जलेर नष्ट भएका छन् । बुधबार दिउँसो मैमुन खातुनको घरबाट सल्केको आगोबाट झुरमुट्ट बस्तीका एक सय ५० घर जलेर खरानी भएका हुन् ।  घर जलेर नष्ट भएपछि अग्निपीडितहरूको विचल्ली भएको छ । उनीहरू राहतको प्रतीक्षामा छन् । अग्निपीडित परिवारले राहत प्राप्त नभएको गुनासो गरेका छन् । जिल्ला प्रशासन कार्यालयले राहतका लागि पहल भइरहेको जनाएको मटिहानी नगरपालिकाको कार्यपालिकाको बैठकले तत्काल प्रभावित परिवारलाई तयारी खाना, खाद्यान्न र त्रिपाल उपलब्ध गराउने निर्णय गरेको छ । अहिले नगरप्रमुखसहितका जनप्रतिनिधि र कार्यालयका कर्मचारी राहत सामग्री वितरणमा लागेका छन् ।  नेपाल रेडक्रस सोसाइटी महोत्तरी शाखाले प्रभावित परिवारलाई  भाँडावर्तन प्रदान गरेको छ । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा हिजो दिउँसो लागेको आगो ६ घण्टापछि नियन्त्रणमा आएको थियो । बस्तीभरि फैलिएको आगो निभाउन १० वटा दमकल प्रयोग गरिएका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र भारतीय सुरक्षाकर्मीसहित स्थानीयको सहयोगमा आगो निभाइएको हो । 
 

प्रतिक्रिया