एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न आवश्यक: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न आवश्यक रहेको बताएका छन । आज पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दिक्षान्त समारोहलाई ललितपुरमा सम्बोधन गर्दै उनले देश भित्रका सबै चिकित्सा तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुको व्यवस्थापन, सञ्चालन र नियमनका लागि चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा रहेको दोहोरोपन हटाउन एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न आवश्यक रहेको बताएका हुन । प्रधानमन्त्री दाहालले सबै नागरिकलाई आधारभुत तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सबै स्वास्थ्य संस्था, सामुदायिक अस्पताल एवं सहकारी अस्पतालहरुको क्षमता विकासमा पनि ध्यान दिन आवश्यक रहेको पनि उल्लेख गरे । 
प्रधानमन्त्री दाहालले नेपाललाई मेडिकल शिक्षाको हबका रुमपा विकास गर्नेतर्फ सरकारले आवश्यक तयारी गरिरहेको बताए  । उनले स्वास्थ्य शिक्षालाई केबल सैद्धान्तिक शिक्षाको रुपमा मात्र नभइ व्यवहारिक र मानवीय मूल्य मान्यता एवं संवेदनासहितलाई ध्यानमा राख्न जरुरी रहेको उल्लेख गरे । प्रधानमन्त्री दाहालले सार्वाजनिक स्वास्थ्य संस्थाहरु सबल र सुदृढ भएमात्रै आम नेपालीहरुले सर्वसुलभ स्वास्थ्योपचार गर्न पाउने स्पष्ट पारे ।  सरकारले सबै सार्वजनिक अस्पतालहरुको क्षमता विकासलाई उच्च प्राथमिकतामा राखेको उनको भनाइ थियो । 
 

प्रतिक्रिया