नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका छ वटा क्षेत्रमा समझदारी हस्ताक्षर

नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका छ वटा क्षेत्रमा समझदारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारको तर्फबाट अमिर शेख तमिम बिन हमाद अल थानीसहितको प्रतिनिधिमण्डलबीच आज बिहान भएको वार्तापछि सहमतिपत्रमा हस्ताक्षर भएको हो । दुवै देशका सरकारी तहका विभिन्न मन्त्रालय अन्तर्गतका छ वटा र निजी क्षेत्रका थप दुई सहित ८ विषयमा सम्झौता भएको हो । दुई देश बीचका सरकारी समाचार एजेन्सी, महान्यायाधिवक्ता कार्यालयसम्बन्धी, कूटनीतिक तालिम र अध्ययन, शिक्षा, कला र संस्कृति, खेलकुद क्षेत्रमा सहकार्य गर्ने समझदारी बनेको छ । यस्तै कतार चेम्बर अफ कमर्श र नेपाल उद्योग वाणिज्य महासंघबीच पनि दुईवटा सम्झौता भएका छन् । सहमतिपत्रमा नेपालको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी र कतारी समकक्षीले हस्ताक्षर गरेका छन् । काठमाडौंको होटल सोल्टीमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता र सहमतिपत्रमा हस्ताक्षर भएको थियो । 
 

प्रतिक्रिया