बाँकेको पिप्रहवा चोकस्थित जडिबुटी गोदाममा आगलागी

बाँकेको जानकी गाउँपालिका ६ स्थित पिप्रहवा चोकस्थित एक जडिबुटी गोदाममा आगलागी भएको छ । बाहुबलि हर्बल उद्योग प्रालिको गोदाममा आज विहान आगलागी  भएको हो । आगलागीबाट एउटा गोदाम पूरै ध्वस्त भएर अर्को गोदाममा सल्केको स्थानीयले बताका छन । प्रहरीका अनुसार आगो नियन्त्रण गर्न बाँके र बर्दियाका करिब आठ दमकल ल्याइएको छ। आगो अझै पनि नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ ।  जडिबुटी गोदाम नेपालगन्जका व्यवसायी राजेश जैनको रहेको बताइएको छ । 
 

प्रतिक्रिया