सुदूरपश्चिममा नाउपाका टीका थापा कृषि तथा सहकारीमन्त्री नियुक्त

सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री दीर्घ सोडारीले आज नागरिक उन्मुक्ति पार्टीकी टीका थापालाई भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री नियुक्त गरेका हुन । नवनियुक्त मन्त्री थापाले आजै सपथ तथा पदभार ग्रहण गरेकी छिन । वैशाख ६ गते सोडारी मुख्यमन्त्री नियुक्त भएका थिए । सोही दिन सोडारीले नाउपका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकासमन्त्री नियुक्त गरेका थिए ।फेरि नाउपाकै अर्का सांसद थापालाई मन्त्रीमा नियुक्त गरेका हुन् । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको सत्ता गठबन्धनको बैठकमा मुख्यमन्त्री सोडारीले २१ गते विश्वासको मत लिने विषयमा पनि समझदारी पनि गरेको छ । 

प्रतिक्रिया