जनक शिक्षा सामग्री केन्द्र लिमिटेडद्धारा देशभर पाठ्यपुस्तक पु¥याएको दाबी

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पु¥याएको दाबी गरेको छ । २०८१ को शैक्षिक सत्रको सुरुवातमै देशभर पाठ्यपुस्तक पु¥याएको केन्द्रले जनाएको हो । चैत १६ गतेदेखि केन्द्रले आफ्ना सात वटै प्रादेशिक कार्यालय, देशभरका वितरण केन्द्र एवं डिपो र एक हजार २६७ वटा स्थानीय बिक्रेतामार्फत पुस्तक उपलब्ध गराइएको हो । केन्द्रले यस वर्षका लागि एक करोड २० लाख थान पुस्तक बिक्री गरेको छ । केन्द्रले गत वर्ष एक करोड ३१ लाख थान पुस्तक बिक्री गरेको थियो । यस वर्ष पुस्तकको माग कम भएकाले गत वर्षभन्दा ११ लाख थान पुस्तक कम बिक्री गरेको केन्द्रको तथ्याङ्क छ । केन्द्रसँग अहिले ३० प्रतिशत पुस्तक स्टक रहेको छ । केन्द्रले यसै शैक्षिक सत्रका लागि ५ देखि १२ कक्षासम्मको पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको थियो ।

प्रतिक्रिया