सेयर बजार दोहोरो अंकले बृद्धि, नेप्से २००० विन्दुमाथि उक्लियो

साताको तेस्रो कारोबार दिन आज सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज २५ दशमलब ९३ अंकले बढेर २ हजार ६ दशमलब २८ मा पुगेको हो  । आज ३ सय २० कम्पनीको १ करोड १८ लाख ३८ हजार १ सय ५० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८० करोड ४४ हजार ६ सय १ रुपैयाँ कारोबार भएको छ । कारोबार रकमका आधारमा साइन रेसुंगा डेभलपमेन्ट बैंक शीर्ष स्थानमा रह्यो। सो बैंकको १८ करोड २४ लाख मूल्य बराबरको सेयर कारोबार भयो । पोखरा फाइनान्सको १७ करोडको सेयर कारोबार हुँदा गोर्खाज फाइनान्सको १६ करोड,कामना सेवा विकास बैंकको १२ करोड र नेपाल फाइनान्सको १२ करोड मूल्य बराबरको सेयस कारोबार भएको छ । आज २ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड र इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमा सर्किट लागेको हो । साथै, ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको ८.२९ प्रतिशत, बोटलर्स नेपाल तराई लिमिटेडको ७.६२ प्रतिशत, शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडको ७.२० प्रतिशत सहित २४३ कम्पनीको सेयर मूल्य बढेको छ । आज २ सय ४३ कम्पनीको सेयर मूल्य बढ्दा ५७ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।। 

प्रतिक्रिया