नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुनः सुरु गरे आजबाट ‘संवाद यात्रा’
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आजबाट ‘संवाद यात्रा’पुनः सुरु गरेका छन् । माघ १३ गते मेची पुलबाट सुरु गरेको संवाद यात्रा माघ २२ गते नवलपरासीको गोपीगञ्ज सम्म आएर रोकिएको थियो । सोही स्थानबाट आज पुन उनले अभियानलाई निरन्तरता दिएका हुन । संवाद यात्रा कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधन पछि स्थगित भएको थियो । स्थानीय चोकमा रहेको जननायक विपी कोइरालाको प्रतिमामा माल्यार्पण गरेर सुरु भएको संवाद यात्राका क्रममा १५ ,१६ र १७ गते नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ र बाँकेका विभिन्न ठाउँहरुमा पुग्नेछ । महामन्त्री थापाले संवाद यात्रामा स्थानीयसँग छलफल गर्ने र उनीहरुका समस्याहरु सुन्ने बताएका छन । यात्राका क्रममा आफूले बोल्नेभन्दा पनि स्थानीयका कुरा सुन्ने, विकास निर्माणका कार्यहरुको निरिक्षण गर्ने, स्थानीयको घरदैलोमा पुग्ने थापाको योजना छ । समुदायमा कांग्रेस अभियान अन्तर्गत नै महामन्त्री थापाले यो संवाद यात्रालाई निरन्तरता दिएका हुन ।
प्रतिक्रिया