नागढुङ्गा–सिस्नेखोला सुरुङ खन्न जम्मा आठ मिटर मात्र बाँकी

काठमाडौं । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाको सुरुङ खन्न आठ मिटर मात्र बाँकी रहेको आयोजनाले जनाएको छ रु। अहिले दैनिक करिब एक मिटर जति सुरुङ खन्ने काम भइरहेको र कुनै बाधा अवरोध नभए केही दिनभित्रै सुरुङ खन्ने काम सम्पन्न हुने अपेक्षा छ । छिचोलिएपछि सुरुङ सञ्चालनमा ल्याउन कम्तीमा १३ महिना लाग्ने बताइएको छ ।  आयोजना अन्तर्गत सुरुङबाहेक विभिन्न १२ वटा संरचना निर्माणाधीन छनरु। ती संरचनाको निर्माण सम्पन्न हुन अझै एक वर्ष लाग्ने सम्भावना छरु। यस आयोजना अन्तर्गत सुरुङबाहेक फ्लाइओभर, अन्डरपास, ओभरपास, पुल, बक्स कल्भर्ट गरी १२ वटा थप संरचना निर्माण भइरहेका हुन । आयोजनाले फागुन २३ गते सुरुङ छिचोल्ने लक्ष्य लिएपनि स्थानीय अवरोधले त्यसमा ढिलाइ भएको हो । १४ मिटर खन्न बाँकी रहेको अवस्थामा स्थानीयको अवरोधका कारण रोकिएको काम चैत्र ६ गतेदेखि पुन सुचारु भएको छ । यसअघि साउन २३ गते आपत्कालीन सुरुङ छिचोलिएको थियोरु। आपत्कालीन सुरुङको लम्बाइ दुई हजार ५५७ मिटर र मुख्य सुरुङको लम्बाइ दुई हजार ६८८ मिटर छरु। २०७६ कात्तिक ४ गते आयोजनाको शिलान्यास गरिएको थियो । 
 

प्रतिक्रिया

अर्घाखाँचीको सन्धिखर्क १० धरम्पानीमा सामुदायिक भवन निर्माण हुने

अर्घाखाँचीको सन्धिखर्क १० धरम्पानीमा सामुदायिक भवन निर्माण हुने

आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई पूर्ण बहुमत आउने गरी अभियान सफल बनाउन देउवाको निर्देशन

आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई पूर्ण बहुमत आउने गरी अभियान सफल बनाउन द…

बुटवल–भैरवस्थान द्रुत व्यवसायिक मार्ग सम्बन्धि अवधारणा पत्र अगाडि सारियो

बुटवल–भैरवस्थान द्रुत व्यवसायिक मार्ग सम्बन्धि अवधारणा पत्र अगाडि सारियो

मध्य सेनेगलमा भएको ट्राफिक दुर्घटनामा १३ जनाको मृत्यु, ४० जना घाइते

मध्य सेनेगलमा भएको ट्राफिक दुर्घटनामा १३ जनाको मृत्यु, ४० जना घाइते

आईपीएलमा पञ्जाब किंग्सले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हारायो

आईपीएलमा पञ्जाब किंग्सले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हारायो

नेपाली क्रिकेट टोलीले वेस्ट इन्डिजको ‘ए’ टोलीसँग पहिलो मैत्रीपूर्ण टी–२० खेल्दै

नेपाली क्रिकेट टोलीले वेस्ट इन्डिजको ‘ए’ टोलीसँग पहिलो मैत्रीपूर्ण टी–२० खेल्दै

गाजामा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

गाजामा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

इलामा – २ मा मूख्य प्रतिस्पर्धी उम्मेदवार सुहाङ नेम्वाङले गरे मतदान

इलामा – २ मा मूख्य प्रतिस्पर्धी उम्मेदवार सुहाङ नेम्वाङले गरे मतदान