यस वर्षको महामूर्खको उपाधी मधेस प्रदेश सभाका सभामुख मण्डललाई

यस वर्षको महामूर्ख सम्मेलनमा मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डललाई महामूर्खको उपाधीले सम्मानित गरिएको छ । होली पर्वको अवसरमा जनकपुरधामको मिथिला नाट्यकला परिषद्ले प्रत्येक वर्ष महामूर्ख सम्मेलनको आयोजना गर्दै आइरहेको छ । महामूर्खको उपाधी विजेता सभामुख मण्डललाई प्रशस्ती पत्र, तरुलको माला तथा टोपीले सुशोभित गरी सम्मान गरिएको छ । यसैगरी मधेस प्रदेशको अर्थ मन्त्रालयका सचिव सुभाषचन्द्र शिवाकोटीलाई पटमूर्ख, मैथिली साहित्यकार सभाका सभापाल प्रेम विदेह ललनलाई मूर्ख महामण्डलेश्वर, गोगलप्रसाद उच्च माविका प्रधानाध्यापक महावीर दासलाई सदावहार मूर्खको उपाधिबाट सम्मान गरिएको छ । त्यस्तै रामजानकी अन्तर्राष्ट्रिय रंगशालाका अभियन्ता दिनेश पूर्वेलाई वैशाखनन्दन, संचारकर्मी नित्यानन्द मण्डललाई खेसारी लाल, ई. सुभाषचन्द्र साहलाई स्थायी मूर्ख, मैथिली कला क्षेत्रमा काम गर्दै आएको संस्था युवा नाट्य कला परिषद्लाई निर्विकल्प मूर्ख, पिपरा गाउँपालिकाको उपाध्यक्ष वन्दना पाण्डेलाई दिलतोरियाको उपाधीले सम्मान गरिएको छ । यसैगरी मिथिला चित्रकार सुधिकार कर्णलाई हरिप्रिया, मधेस क्रिकेट टिमका क्याप्टेन हरिशंकर साहलाई लोढाशंख, योगगुरु विमल पण्डितलाई बुरिराज, मूर्तिकार योगेन्द्र पण्डितलाई बज्रकिट र अनिकेत गोइनकालाई सोटाचन्दको उपाधीले सम्मानित गरिएको छ ।

प्रतिक्रिया

अर्घाखाँचीको सन्धिखर्क १० धरम्पानीमा सामुदायिक भवन निर्माण हुने

अर्घाखाँचीको सन्धिखर्क १० धरम्पानीमा सामुदायिक भवन निर्माण हुने

आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई पूर्ण बहुमत आउने गरी अभियान सफल बनाउन देउवाको निर्देशन

आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई पूर्ण बहुमत आउने गरी अभियान सफल बनाउन द…

बुटवल–भैरवस्थान द्रुत व्यवसायिक मार्ग सम्बन्धि अवधारणा पत्र अगाडि सारियो

बुटवल–भैरवस्थान द्रुत व्यवसायिक मार्ग सम्बन्धि अवधारणा पत्र अगाडि सारियो

मध्य सेनेगलमा भएको ट्राफिक दुर्घटनामा १३ जनाको मृत्यु, ४० जना घाइते

मध्य सेनेगलमा भएको ट्राफिक दुर्घटनामा १३ जनाको मृत्यु, ४० जना घाइते

आईपीएलमा पञ्जाब किंग्सले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हारायो

आईपीएलमा पञ्जाब किंग्सले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हारायो

नेपाली क्रिकेट टोलीले वेस्ट इन्डिजको ‘ए’ टोलीसँग पहिलो मैत्रीपूर्ण टी–२० खेल्दै

नेपाली क्रिकेट टोलीले वेस्ट इन्डिजको ‘ए’ टोलीसँग पहिलो मैत्रीपूर्ण टी–२० खेल्दै

गाजामा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

गाजामा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

इलामा – २ मा मूख्य प्रतिस्पर्धी उम्मेदवार सुहाङ नेम्वाङले गरे मतदान

इलामा – २ मा मूख्य प्रतिस्पर्धी उम्मेदवार सुहाङ नेम्वाङले गरे मतदान