सत्ता गठबन्धन प्रदेश सरकार भागबण्डा टुंग्याउने अन्तिम कसरतमा

सत्ता साझेदार दलहरुले प्रदेश सरकार भागबन्डा आज टुंग्याउने भएका छन । प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी ओली र एकीकृत समाजवादी अध्यक्ष माधव नेपालबीच सोमबार भएको अनौपचारिक छलफलमा भागबन्डा आजसम्म टुंग्याउने सहमति भएको होरु। सत्ता गठबन्धनका दलहरू प्रदेश सरकार भागबन्डामा सहमति नजिक भने पुगिसकेको नेताहरुको भनाइ छ । सहमति अनुसार एमालेले कोशी, गण्डकी र कर्णाली, माओवादीले वाग्मती र लुम्बिनी जसपाले मधेश तथा नागरिक उन्मुक्तिले सुदूरपश्चिमको मुख्यमन्त्री पाउने गरी भागबण्डाको तयारी छ । गण्डकी र लुम्बिनीमा पहिले माओवादी, त्यसपछि एमालेको मुख्यमन्त्री हुने गरी सहमतिको तयारी गरिएको छ । कर्णालीमा माओवादीको नेतृत्व परिवर्तन गरी एमाले र सुदूरपश्चिममा नागरिक उन्मुक्तिलाई मुख्यमन्त्री दिने गरी गृहकार्य भएको नेताहरुले बताएका छन । एकीकृत समाजवादीले मधेश वा वाग्मतीमा आफ्नो पार्टीलाई केही समय मुख्यमन्त्री दिनुपर्ने माग अघि सारेका छन । एकीकृत समाजवादी मधेश र वाग्मतीमा सरकार गठनमा निर्णायक देखिएको छरु। वाग्मतीमा र गण्डकीमा गठबन्धनको स्पष्ट बहुमत नभएकाले अन्य पार्टीको समर्थन जुटाएर बहुमतका लागि गृहकार्यको तयारी सत्ता साझेदारको छ । 
 

प्रतिक्रिया