एआईआईबीलाई ऋण प्रवाहमा सहुलियत दरको नीतिगत व्यवस्था गर्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालका लागि ऋण प्रवाहमा सहुलियत दरको नीतिगत व्यवस्था गर्न एशियाली पूर्वाधार लगानी बैंक एआईआईबीलाई आग्रह गरेका छन् । नेपाल भ्रमणमा रहेका एआईआईबीका निर्देशक नेतृत्वको प्रतिनिधिमण्डलले आज गरेको शिष्टाचार भेटका क्रममा प्रधानमन्त्री दाहालले एआईआईबीमा सहुलियतको प्रावधान नहुँदा बजार दरको ब्याजमा ऋण प्राप्त गर्न नेपालजस्ता मुलुकलाई कठिन भइरहेको बताएका हुन । उनले नेपाललाई अझै पनि ऋणमा सहुलियत आवश्यक भएको भन्दै नीतिमा पुनःविचार गर्न प्रधानमन्त्रीको आग्रह थियो । सरकार उच्च आर्थिक वृद्धिमार्फत सुशासन र संस्थागत विकास, सामाजिक न्याय तथा समृद्धि केन्द्रित भएको बताउँदै प्रधानमन्त्री दाहालले यस प्रक्रियामा वित्तीय व्यवस्थापन, प्राविधिक सहायता, ज्ञानको साझेदारी र पुँजी परिचालनमा बैंकको सहयोगको अपेक्षा गरेको उल्लेख गरे ।  नेपालमा निजी तथा वैदेशिक लगानी प्रवर्द्धनका लागि नीतिगत परिमार्जन गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले ढुक्क भएर नेपालमा लगानी गर्न आह्वान समेत गरे । 
 

प्रतिक्रिया

अर्घाखाँचीको सन्धिखर्क १० धरम्पानीमा सामुदायिक भवन निर्माण हुने

अर्घाखाँचीको सन्धिखर्क १० धरम्पानीमा सामुदायिक भवन निर्माण हुने

आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई पूर्ण बहुमत आउने गरी अभियान सफल बनाउन देउवाको निर्देशन

आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई पूर्ण बहुमत आउने गरी अभियान सफल बनाउन द…

बुटवल–भैरवस्थान द्रुत व्यवसायिक मार्ग सम्बन्धि अवधारणा पत्र अगाडि सारियो

बुटवल–भैरवस्थान द्रुत व्यवसायिक मार्ग सम्बन्धि अवधारणा पत्र अगाडि सारियो

मध्य सेनेगलमा भएको ट्राफिक दुर्घटनामा १३ जनाको मृत्यु, ४० जना घाइते

मध्य सेनेगलमा भएको ट्राफिक दुर्घटनामा १३ जनाको मृत्यु, ४० जना घाइते

आईपीएलमा पञ्जाब किंग्सले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हारायो

आईपीएलमा पञ्जाब किंग्सले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हारायो

नेपाली क्रिकेट टोलीले वेस्ट इन्डिजको ‘ए’ टोलीसँग पहिलो मैत्रीपूर्ण टी–२० खेल्दै

नेपाली क्रिकेट टोलीले वेस्ट इन्डिजको ‘ए’ टोलीसँग पहिलो मैत्रीपूर्ण टी–२० खेल्दै

गाजामा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

गाजामा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

इलामा – २ मा मूख्य प्रतिस्पर्धी उम्मेदवार सुहाङ नेम्वाङले गरे मतदान

इलामा – २ मा मूख्य प्रतिस्पर्धी उम्मेदवार सुहाङ नेम्वाङले गरे मतदान