सगरमाथा आरोही स्वयंले मलमूत्रको विसर्जन तल ल्याएर गनुपर्ने

खुम्बु पासाङ ल्हामु गाउँपालिकाले अबदेखि सगरमाथा आरोही स्वयंले आफ्नो मलमूत्र प्लास्टिकको झोलामा पोको पारी राख्ने र फर्कंदा तल ल्याउनुपर्ने नियम बनाएको छ । विगत लामो समयदेखि सगरमाथामा मानव मलमूत्र समस्याका रूपमा रहँदै  आएपछि यस्तो नियम बनाइएको हो । नियम लागु गरिएसँगै सगरमाथा आरोहीले आरोहण अवधिभरको मलमूत्रलाई प्लास्टिकमा पोको पारेर राख्ने र फर्कंदा तल ल्याउनुपर्नेछ । यसले संसारकै सम्पदाका रूपमा रहेको सगरमाथा क्षेत्रलाई थप प्रदूषणरहित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । वैशाखदेखि आरोहणको मौसम सुरु हुने भएकाले सोही समयदेखि यो नियम लागू हुनेछ । प्रत्येक आरोही र सहयोगीका लागि नेपालको सम्बन्धित निकायले बायोडिग्रेडेबल झोला उपलब्ध गराउनेछन् । यस्ता झोला शिविर एक, शिविर तीन, शिविर चार र अन्य ठाउँमा उपलब्ध गराइने बताइएको छ । ती झोलामा राखेको मलमूत्रलाई शिविर दुईमा झारिने र त्यसपछि व्यवस्थापन गरिने तयारी छ । यसअघि आरोहीले दिसापिसाब गरेपछि त्यहीं खाल्डो खनेर पुर्ने गरेका थिए । 

प्रतिक्रिया