उदयपुरमा होली खेलेर पौडी खेल्ने क्रममा तीन बालबालिका बेपत्ता

उदयपुरको सुनकोसी नदीमा बेपत्ता बालबालिका खोज्न सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन गरिएको छ । आइतबार होली खेल्ने क्रममा सुनकोसी नदीमा बेपत्ता भएका बालबालिका खोज्न सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको हो ।आइतबार होली खेल्दै उदयपुरको त्रियुगा नगरपालिका–१४ ढाप्लाङस्थित सुनकोसी नदीमा पौडी खेल्न पुगेका तीनजना बालबालिका बेपत्ता भएका थिए । आइतबार साँझ अबेरसम्म सशस्त्र प्रहरी बल नं. ५ त्रियुगा गण उदयपुरबाट खोजतलास गरे पनि उनीहरूलाई फेला पार्न नसकिएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी निरीक्षक उमेश काफ्लेको कमान्डमा नौजना गोताखोरसहितको टोली आज बिहान परिचालन गरिएको छ । उदयपुरको त्रियुगा नगरपालिका– १४ साउनेका तीन बालबालिका नदीमा बेपत्ता भएका हुन । बेपत्ता हुनेमा  त्रियुगा –१४ साउनेका ११  वर्षीया बालिका रेखा मगर, सोही स्थानका बालकद्वय ८ वर्षीय लोकबहादुर मगर र ७ वर्षीय रिदम मगर छन् । उनीहरू नुहाउन नदीमा जाँदा आइतबार दिउँसो वेपत्ता भएका थिए । पाँचजना बालबालिका सुनकोशीमा पौडी खेल्न प्रवेश गरे पनि दुईजना चाहिँ निक्लन सफल भएको प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया

अर्घाखाँचीको सन्धिखर्क १० धरम्पानीमा सामुदायिक भवन निर्माण हुने

अर्घाखाँचीको सन्धिखर्क १० धरम्पानीमा सामुदायिक भवन निर्माण हुने

आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई पूर्ण बहुमत आउने गरी अभियान सफल बनाउन देउवाको निर्देशन

आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई पूर्ण बहुमत आउने गरी अभियान सफल बनाउन द…

बुटवल–भैरवस्थान द्रुत व्यवसायिक मार्ग सम्बन्धि अवधारणा पत्र अगाडि सारियो

बुटवल–भैरवस्थान द्रुत व्यवसायिक मार्ग सम्बन्धि अवधारणा पत्र अगाडि सारियो

मध्य सेनेगलमा भएको ट्राफिक दुर्घटनामा १३ जनाको मृत्यु, ४० जना घाइते

मध्य सेनेगलमा भएको ट्राफिक दुर्घटनामा १३ जनाको मृत्यु, ४० जना घाइते

आईपीएलमा पञ्जाब किंग्सले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हारायो

आईपीएलमा पञ्जाब किंग्सले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हारायो

नेपाली क्रिकेट टोलीले वेस्ट इन्डिजको ‘ए’ टोलीसँग पहिलो मैत्रीपूर्ण टी–२० खेल्दै

नेपाली क्रिकेट टोलीले वेस्ट इन्डिजको ‘ए’ टोलीसँग पहिलो मैत्रीपूर्ण टी–२० खेल्दै

गाजामा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

गाजामा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

इलामा – २ मा मूख्य प्रतिस्पर्धी उम्मेदवार सुहाङ नेम्वाङले गरे मतदान

इलामा – २ मा मूख्य प्रतिस्पर्धी उम्मेदवार सुहाङ नेम्वाङले गरे मतदान