मस्को गोलीकाण्डलाई लिएर रुस र युक्रेनबीच आरोप प्रत्यारोप

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शनिबार मस्को कन्सर्ट हलमा कम्तीमा एक सय तेतिस जनाको ज्यान जाने गरी भएको ‘बर्बर आतङ्कवादी आक्रमण’ मा संलग्नलाई सजाय दिने प्रतिबद्धता जनाएका छन् ।  राष्ट्रका नाममासम्बोधन गर्दै राष्ट्रपति पुटिनले हमलाकारीको तुलना ‘नाजीहरू’ सँग गर्दै आक्रमण ‘अत्याचार, रुसका मानिसविरुद्धको हमला’ भएको बताएका हुन । पुटिनले आक्रमणबारे पहिलो सार्वजनिक टिप्पणीमा इस्लामिक स्टेटले लिएको जिम्मेवारीको दाबीको सन्दर्भलाई भने कुनै प्रतिक्रिया जनाएनन । ‘गोली हानी मानिसहरूको हत्या गर्ने सबैलाई फेला पारिएको जानकारी उनले दिएका छन । आक्रमणकारीहरु भाग्ने प्रयासमा युक्रेनतर्फ गइरहेको दाबी पनि पुटिनले गरेका छन । पुटिनले आज राष्ट्रिय शोक दिवस मनाउने घोषणा गरे । एफएसबी सुरक्षा सेवाले शनिबार आक्रमणका सिलसिलामा ११ जनालाई पक्राउ गरेको बताएको छ । शुक्रबार साँझ मस्कोको उत्तरी उपनगर क्रास्नोगोर्स्कमा रहेको क्रोकस सिटी हलमा बन्दुकधारीले आक्रमण गरी भवनमा आगो लगाएका थिए । यो करिब दुई दशकमा रुसमाथि सबैभन्दा घातक आक्रमण हो  । यसलाई इस्लामिक स्टेटले दाबी गरेको युरोपमा सबैभन्दा घातक आक्रमण मानिएको छ । आक्रमणमा १ सय ३३ जनाको मृत्यु भएको छ । रुसी अधिकारीहरूले मृतकको सङ्ख्या अझ बढ्ने अनुमान गर्दै १०० भन्दा धेरै घाइते अस्पतालमा रहेको बताएका छन् । आक्रमणपछि मुलुकभरका प्रमुख कार्यक्रम रद्द गरिएका छन् । रुस र पाराग्वेबीच मस्कोमा  तय भएको मैत्रिपूर्ण फुटबल पनि रद्द भएको छ यसैबीच, नेपाल सरकारले पनि मस्कोमा भएको आतंककारी आक्रमणको निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै मस्कोमा भएको आतंककारी हमलाप्रति दुःख व्यक्त गरेको हो । 

प्रतिक्रिया

अर्घाखाँचीको सन्धिखर्क १० धरम्पानीमा सामुदायिक भवन निर्माण हुने

अर्घाखाँचीको सन्धिखर्क १० धरम्पानीमा सामुदायिक भवन निर्माण हुने

आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई पूर्ण बहुमत आउने गरी अभियान सफल बनाउन देउवाको निर्देशन

आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई पूर्ण बहुमत आउने गरी अभियान सफल बनाउन द…

बुटवल–भैरवस्थान द्रुत व्यवसायिक मार्ग सम्बन्धि अवधारणा पत्र अगाडि सारियो

बुटवल–भैरवस्थान द्रुत व्यवसायिक मार्ग सम्बन्धि अवधारणा पत्र अगाडि सारियो

मध्य सेनेगलमा भएको ट्राफिक दुर्घटनामा १३ जनाको मृत्यु, ४० जना घाइते

मध्य सेनेगलमा भएको ट्राफिक दुर्घटनामा १३ जनाको मृत्यु, ४० जना घाइते

आईपीएलमा पञ्जाब किंग्सले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हारायो

आईपीएलमा पञ्जाब किंग्सले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हारायो

नेपाली क्रिकेट टोलीले वेस्ट इन्डिजको ‘ए’ टोलीसँग पहिलो मैत्रीपूर्ण टी–२० खेल्दै

नेपाली क्रिकेट टोलीले वेस्ट इन्डिजको ‘ए’ टोलीसँग पहिलो मैत्रीपूर्ण टी–२० खेल्दै

गाजामा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

गाजामा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

इलामा – २ मा मूख्य प्रतिस्पर्धी उम्मेदवार सुहाङ नेम्वाङले गरे मतदान

इलामा – २ मा मूख्य प्रतिस्पर्धी उम्मेदवार सुहाङ नेम्वाङले गरे मतदान