धोवी खोलामा आएको बाढीले चालक सहित ट्याक्सी बगायो

काठमाडौं । आइतबार बेलुका परेको भारी वर्षाले काठमाडौंको अनामनगरस्थित धोवी खोलाले चालकसहित ट्याक्सी बगाएको छ ।

चालक ३३ वर्षीय उर्गेन लामालाई भने सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । बा २ ज १७९२ नम्बरको ट्याक्सी धोबी खोलाले बगाएको हो।सो ट्याक्सी हनुमानथान र थापागाउँ जोड्ने पुल नजिकबाट बगाएको हो । ट्याक्सी रोज बड स्कुल नजिकै भेटिएको छ । ट्याक्सीलाई क्रेनले निकाल्न लागिएको प्रहरीले जानकारी दिएको छ । 

प्रतिक्रिया