सहकारी पीडितहरुको आन्दोलनमा राष्ट्रिय जनमोचाको ऐक्यवद्धता

काठमाडौं I

माईतीघर मण्डलामा जारी सहकारी पीडितको धर्नामा राजनीतिक दलहरुले पनि ऐक्यबद्धता जनाउन थालेका छन । चार सातादेखि धर्नामा रहेका पीडितको मागमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर के.सीले ऐक्यबद्धता जनाएका हुन । धर्नामा ऐक्यबद्धता जनाउदै अध्यक्ष के.सीले जनताको पैसाले हेलिकप्टर चढ्न ठगहरूको असली रूप देखिएको भन्दै राज्यले सहकारी पीडितको माग सम्बोधन गर्नुपर्ने बताए । 
सहकारी पीडितले २७ दिन देखि माइतीघर मण्डलमा धर्ना जारी राखेका छन । जेठ २० गते देखि शुरु भएको धर्नामा ओरेन्टियल, कान्तिपुर, देउराली, खुसी, इमेज, शिवशिखर लगायत तीन दर्जन सहकारीका पीडित सहभागी छन ।।

प्रतिक्रिया