रुससँग रणनीतिक साझेदारी गर्ने उत्तर कोरियाको प्रतिबद्धता

युक्रेनमाथि आक्रमणमा समर्थन र साथको घोषणा

nkorea-russia

उत्तर कोरियाले रुससँग रणनितिक सहकार्य गर्ने सहमति गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसंगको शक्तिशाली मुलुक स्थापनाका निम्ति रणनितिक सहकार्यको सहमति भएको उत्तर कोरियाली सरकारी खबर संस्था केसिएनएले जनाएको छ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले रुसको युक्रेन माथिको हस्तक्षेपमा आफ्नो समर्थन र साथ रहेको उल्लेख गरेको केसिएनएले जनाएको छ । पश्चिमा मुलुकको दबदबा हटाउन रुसले न्यायका निम्ति प्रयत्न गरीरहेको उत्तर कोरियाली नेता उनको भनाइ छ । मस्कोप्रति आफ्नो पूर्ण समर्थन र ऐक्यबद्धता व्यक्त गर्दै किमले रुसको राष्ट्रिय दिवसमा पुटिनलाई सन्देश पठाएका हुन । पछिल्लो समय रुस र उत्तर कोरियाले सम्बन्ध सुधारका प्रयास गरिरहेका छन । केही समयअघि अमेरिकाले रुसले युक्रेनी युद्धका लागि उत्तर कोरियाबाट हतियार खरिद गरिरहेको र त्यसको बदलामा संकटग्रस्त देशलाई खाना र पानी उपलब्ध गराएको प्रमाण फेला पारेको दाबी गरेको थियो । पछिल्लो सयम उत्तर कोरियाले आफ्नो क्षेप्यास्त्र कार्यक्रमलाई तीव्र पारेको छ ।

प्रतिक्रिया