आज युगकवि सिद्धिचरण श्रेष्ठको जन्म जयन्ती

युगकवि सिद्धिचरण श्रेष्ठको जेठ ९ गते जन्म जयन्तीको अवसरमा नेपालभर सप्ताहव्यापी कार्यक्रमहरू आयोजना हुन लागेका छन् ।  विशेषगरि देश तथा विदेशका साहित्यिक संस्थाहरू, युगकविको प्रतिमा रहेका स्थल तथा विभिन्न विद्यालयहरूले कार्यक्रम आयोजना गरेका हुन् । जेठ ९ गतेको जन्म जयन्तीलाई सिद्धिचरण नगरपालिका ओखलढुङ्गा, युगकवि सिद्धिचरण प्रतिष्ठान, प्रज्ञा प्रतिष्ठान, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज आदिले कार्यक्रमहरूबाट जन्म जयन्ती मनाउन लागेका हुन् । सिद्धिचरण प्रतिष्ठानले न्युरोड सिद्धिचरण चोक स्थित सालिकमा जेठ ८ गते विशेष माल्यार्पण कार्यक्रम तय गरेको छ भने ९ गते देश तथा विदेशमा कार्यक्रम हरि राखिएको छ । जेठ १० गते प्रज्ञा प्रतिष्ठानले विषेश कार्यक्रमको तय गरिएको छ ।  प्रत्येक वर्ष युगकवि जयन्तीमा साप्ताहिक कार्यक्रमहरू हुँदै आएका छन् । 

प्रतिक्रिया