साताको पहिलो दिन शेयर बजारमा सुधार

साताको पहिलो दिन आज सेयर बजार दोहोरो अंकमा बढेको छ । आज शेयर बजार परिसूचक नेप्से १२ दशमलब २९ अंकले नेप्से बढेर १ हजार ९ सय ८४ अंकमा कायम भएको छ । ६३ लाख ९३ हजार २ सय ४५ कित्ता सेयर २ अर्ब २५ करोड ९९ लाख रुपैयाँमा कारोबार भएको छ । गोर्खाज फाइनान्सको १० करोड २१ लाख रुपैयाको सेयर किनबेच भएको छ । यस्तै सर्वोत्तम सिमेन्टको ७ करोड ८८ लाख, पिपुल्स पावर ७ करोड १९ लाख, रुरु जलविद्युत ६ करोड ८८ लाख, पोखरा फाइनान्सको ६ करोड ६५ लाख रुपैयाँको सेयर किनबेच भएको छ । आज दोल्टी पावरको सेयर सर्वाधिक ९.८८ प्रतिशतले बढेको छ भने पिपुल्स पावरको सेयर मुल्य सबैभन्दा बढी ७.४६ प्रतिशतले घटेको छ । कुल १ सय ७६ कम्पनीको मूल्य बढ्दा ६३ को घट्यो भने ६ को स्थिर रहेको छ । 

प्रतिक्रिया