खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा सफाइ अभियान समापन

बन्यजन्तु सप्ताहको अवसरमा खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र सफाइ गरिएको छ । २९ औं बन्यजन्तु सप्ताहको अवसरमा झिग्राना स्थित खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयमा सफाइ अभियान समापन गरिएको हो । सफाइ अभियानमा नेपाली सेना, निकुञ्जका कर्मचारी लगायतको सहभागितामा सरसफाइ अभियान सञ्चालन गरिएको हो । निकुञ्ज भित्रका पदमार्गहरुमा घुम्न आउने पर्यटकहरुले प्रयोग गरेर फालिएका प्लास्टिक जन्य फोहरका कारण संरक्षित क्षेत्रका वन्यजन्तुमा संरक्षणमा चुनौती भईरहेकोले पदमार्ग सरसफाई गरिएको खप्तड राष्ट्रिय निकुञ्जले जनाएको छ । प्लाष्टिकजन्य सामाग्रीका कारण बन्यजन्तु संरक्षणमा चुनौती थपिएको भन्दै पछिल्लो समय खप्तड राष्टिय निकुञ्जलाई प्लाष्टिक मुक्त क्षेत्र बनाउने अभियानपनि थालिएको छ । 
 

प्रतिक्रिया