तस्करको कुटपिटवाट सशस्त्र प्रहरी घाईते

मोरङको रतुवामाईमा तस्करको कुटपिटवाट सशस्त्र प्रहरी घाईते भएका छन । प्रस्तावित सीमा सुरक्षा गुल्म बरडंगाबाट खटिएका सशस्त्र प्रहरी हवल्दार युबराज तामाङ्ग सहितको ४ जनाको गस्ती टोलीमाथि तस्करले ढुंगा प्रहार गरेका हुन । आक्रमणमा सग्लन रतुवामाई १ का साबर मियाको खोजि भैरहेको प्रहरीले जनाएको छ । घाईतेको अस्पतालमा उपचार भैरहेको छ । भारतवाट दुईवटा साइकलमा धान ल्याउदै गर्दा सशस्त्रले सोधपुछ गर्ने क्रममा आक्रमण भएको हो । 

प्रतिक्रिया