ललितपुरको पुल्चोकमा साझाको चार्जिङ्ग स्टेशन सञ्चालनमा

साझा यातायातले ललितपुरको पुल्चोकमा एक दशमलब एक मेगावाटको चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । मंगलबार उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले स्टेसन उदघाटन गरेका हुन । सो क्रममा मन्त्री महासेठले साझा यातायातले बाँकी अन्य विद्युतीय बसहरु पनि ल्याएर सञ्चालन गर्न आवश्यक सहयोग गर्न तयार रहेको बताए । 
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले साझा यातायातलाई नाफामा ल्याएर उदाहरणीय बनाउनुपर्ने बताए । 
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पछिल्लो समय चार्जिङ स्टेसनमा मात्रै दैनिक एक लाख युनिट विद्युत खपत भइरहेको भन्दै डिजेल पेट्रोल साधन विस्थापन गर्नुपर्ने बताए । 
साझा यातायातका अध्यक्ष कनकमणि दिक्षितले चार्जिङ स्टेसनसहित मंगलबारवाट ४० वटा साझाका विद्युतीय बस पनि औपचारिक रुपमा सञ्चालनमा आएपनि त्यो अपर्याप्त रहेको बताए । 
ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले साझा यातायातसँग महानगरपालिकाको धेरै लगानी गरेको भन्दै सटल बसमा थप लगानी गर्ने प्रतिबद्धता जनाए । 
साझा ले पहिलो पटक ललितपुरको पुल्चोकमा नेपालकै सबैभन्दा बढी पावर भएको चार्जिङ स्टेसनको शुरुवात गरेको हो । साझाले अहिले सञ्चालन गरिरहेका २६ सिटे बस स्टेशनमा ४५ मिनेटमा पुल चार्ज हुने बताइएको छ ।साझा यातायातले आफ्नै जग्गामा चार्जिङ स्टेसन बनाएको हो । 
 

प्रतिक्रिया