नेपाली बजारमा सुनको मूल्यमा आज पुन नयाँ कीर्तिमान

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आइतबार नयाँ कीर्तिमान कायम गरेको छ । आज सुनको मूल्य प्रतितोला २९ सय रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य कायम भएको हो । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल भाउ १ लाख ३५ हजार ६ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३४ हजार ९५० रुपैयाँ निर्धारण भएको छ । यसअघि चैत २२ गते सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको थियो । सो दिन छापावाल सुन तोलाको १ लाख ३४ हजार रुपैयाँमा कारोबार भएको थियो ।  यसअघि शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ३२ हजार ७ सय  रुपैयाँ किनबेच भएको थियो । यता, आज चाँदीको भाउ पनि प्रतितोला ५५ रुपैयाँले बढेर १६ सय ७० रुपैयाँ कायम भएको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो ।

प्रतिक्रिया